खटाइएको गाउँ गएनन् ४२८ इन्जिनियर

खटाइएको गाँउ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि सहरी विकास मन्त्रालयले वैकल्पिकमा पारेर छनोट हुन नसकेका चार सय २८ इन्जिनियरलाई पठाउने तयारी गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
एक हजार तीन सय ४६ पछि क्रमशः दुई हजार नौ सयको वैकल्पिक सूचीमा रहेका इन्जिनियरबाट आवेदन मागरेर मन्त्रालयले चार सय २८ जना इन्जिनियर छनोट गरी गाउँमा पठाउन लागेको हो ।
हालसम्म नौ सय १८ जना इन्जिनियर मात्र खटाइएका गाविस र नगरपालिकामा हाजिर भएका छन् । सहरी विकास मन्त्रालयले एक महिनाअघि एक हजार तीन सय ४६ जना इीनजनियर छनोट गरी नियुक्ति दिएर भूकम्पबाट प्रभावित १४ जिल्लामा खटाएको थियो ।
२०७३ जेठ १४ गते ६:०७ मा प्रकाशित
No comments:
Post a Comment